Saturday, July 25, 2009

तिम्रो आगमन..........................।

शिशिरयामको चिसो पवनसंगै
आकांक्षाको लहरहरु बोकेर,
तिम्रो उपस्थितिको प्रतिक्षामा
हृदयमा आँधि चलिरहेको बेला,
अनियन्त्रित स्पन्दहरुले
नकारात्मक ज्वार चलाई
असफलताको संकेतलाई
सजीव तुल्याएको बेला,
तिम्रो आगमन,तिम्रो आगमन.........
चाँदनी रात थियो
मात्र तिम्रो शब्दरुपी दुई पाइलाले
निराशाको मुनालाई
जगाई दियो,
तिम्रो भावनारुपी शब्दहरुको तरङ्गले
मेरो अन्तरहृदयको अंगअंगहरुमा
स्पर्श गरिदियो,
अब त,मेरो एउटै इच्छा
मेरो अन्तिम इच्छा.............
तिम्रो बिशेष आगमन
त्यसबेला,तिम्रो मनको तरेलीहरुमा
तिम्रो आँखाको परेलीहरुमा
तिम्रो हर स्वासको सुशेलीहरुमा
सदैब नाँचीरहने,हाँसीरहने
अनि हर्ष उल्लाषको साथ बाँचिरहने,बाँचिरहने ।।।