हृदयकी रानी कल्पना,
मिठो चुम्बन स्वामीबाट ।
मरुभुमिको ज्वालारुपी तापमा दैनिक जीवनयात्रा गर्दै भए पनि आज तिमीलाई सदाबहार माया अनि अबिरल सम्झानाका कोशेली स्वरुप यो छोटो पत्र कोरीरहेको छु।छातीभरी असिमित पीडा बोकेर अनि पाइला पाइलाहरुमा बाधा अड्चनहरुसंग संघर्ष गर्दै भए पनि भन्नु पर्यो कि आराम छु अनि त्यहाँ तिमीमा पनि सोहि आराम कुशलताको अपेक्षा राखेको छु।
कल्पना,मेरो यहाँको वास्तविकतालाई कसरी अनि कहाँबाट शुरु गर्यौ ?म बिलकुलै अन्योलमा छु।मैले ति दिनहरुमा तिम्रो अंगालोमा रहेर कल्पना समेत गरेको थिइन कि विदेशी यात्रा यति कठिन,एक्लोपन साथै उदासपन हुन्छ भनेर।ति दिनहरुमा बिदेशी जिवनयापन गर्ने स्वर्णिम मेरा सपनाहरु आज चकनाचुर भएको छ।त्यसबेला म कल्पनाको सागरमा यति डुबेको थिए कि आफुलाई आउँदो आनन्दमय बिदेशी जिवनयात्राको आशामा हराइसकेको थिए।तर यहाँ आएपछि थाहा भयो कि यहाँको वास्तबिकता त अर्कै रहेछ।अनि यो पनि थाहा भयो कि वास्तबमा जिवन त्यो होइन रहेछ जुन हामीले सोचेका हुन्छौ,सम्झेको हुन्छौ।तर जे भए पनि,जस्तो सुकै परिस्थितिहरु आइपरे पनि बाँच्नको निम्ति दु:ख पिडाहरुलाई लुकाएर भएपनि हाँस्नु पर्दो रहेछ।वस आज म पनि यहाँ मरुभूमिको मध्य भागमा आँशुले रसिएको आँखा लिएर विगतका क्षणहरुको सम्झानाहरुलाई संकलन गर्दै भविष्यलाई केन्द्रविन्दु बनाई नौलो ठाउँको नौलो अनुभवहरु साथै वाधा अड्चनहरुसंग लुकामारी खेल्दै परदेशी जिवनयात्रालाई अग्रसर गराइरहेको छु।तर थाहा छैन,भोलि यो मेरो यात्रा कसरी अनि कहाँ गएर टुंगिने हो अर्थात आउँदो दिनहरुले मलाई कसरी डोर्याउने हो???बस,यसको लागि प्रतिक्षा गर्नै पर्ला...................................
प्रियतमा,त्यहाँको त्यो रमणिय हिमाली दृश्य,पहाड पर्बत,देउराली भंज्याङ,सदाबहार जंगल,कोईलीको सुरिलो आवाजमा हृदयस्पर्शी गीत अनि हिमालबाट उत्पति भएको स्वच्छ खोलानालाहरु कति सुन्दर छ हगी ? झन त्यसमा पनि हिमाल र पहाडको भित्ताहरुमा नेपालीपन बोकेको झुपडिहरु कति अविष्मणीय छ!जहाँ खेतका गराहहरु,त्यहाँ किसानहरुको जम्काभेट अनि असारे गीतहरु साथै माले र झुलेको नृत्य,कति अनमोल छ!उक्त रमाइलो क्षणहरुको साथमा तिम्रो अविरल माया,हामी बीचको प्रत्यक्ष प्रेम आदनप्रदान अनि खुशीमा तिम्रो उन्मुक्त हाँसो,दु:खमा तिम्रो न्यानो अंगालो...यी कुराहरु म यहाँ बसेर कल्पना सिवाय केहि गर्न सक्दिन।यहाँको गगनचुम्बी महलहरु वाहय बोक्रे सुन्दरतामा मात्र सिमित छन।भित्र भित्रै आडम्बर,अभिमान, अपराध आदिले एउटा भोकाएको सिंह झै यता उति मौका खोजीरहेको छ आफ्नो भोक मेटाउन।न त यहाँ कसैले कसैलाई चिन्दछ,न त चिन्ने प्रयास नै गर्दछ,न त कसैको मतलब नै छ?बस आफु भए पुग्छ।यहाँको धार्मिक वातावरण अनि अरुको धर्मप्रति उनीहरुको सोच,मुटु पोल्ने सुर्यको ताप,अत्याधिक गर्मी,सास थुन्ने घरहरु,अफ!!!प्रिय,यो ठाउँमा बाँच्न अति कठिन छ।जब प्यासले मेरो गला सुक्छ,छाती पोल्छ अनि म पानी पिउछु,तर मलाई थाहा हुन्ना कि मैले के पिइरहेको छु भनेर?किनकी प्यास अतृप्त नै रहन्छ।अनि सम्झन्छु म प्यासले खग्रास भएको बेला तिमीले चिउरी बजाउदै दिएकी पानी,जुनमा तृप्त गराउँने क्षमता !त्यो सानो गाँउ,हाम्रो दरबाररुपी झुपडी अनि माले र झुलेको पछि पछि बिहानि झिसमिसे वातावरणलाई चुम्दै सुर्यको मन्द किरणसंग लुकामारी खेल्दै खेतको गराह गराहमा चक्कर काटेको,जसमा तिम्रो हातले बनाइको मकैको ढेडो र तातो चिया,जुन पाउन मेरा पाचन अंगहरु सदैव आतुर हुन्थ्यो।जहाँ हाम्रो आफ्नै संसार थियो अनि आफ्नै साथ पनि।जहाँ व्यस्तता,दु:ख,पिडा,समस्या,अभाव आदि भए पनि आफ्नै प्रकारको खुशी अनि स्वर्ग थियो।त्यो तिम्रो हाँसिलो मुहार,मिठो बोलि अनि असिमित प्यार अति सामिप्य थियो,जुनले दिनभरको व्यस्तताले थकित मेरा तनलाई तेसै उत्साहित बनाईदिन्थ्यो।जब तिम्रो त्यो लामो कपालले मेरो चेहेरालाई हावाको निर्देशनमा स्पर्श गर्दै जान्थ्यो,अनायसै मेरो अन्तर ईच्छाहरु जागरण भई म उत्साहित हुन वाध्य हुन्थ्ये।सुस्तरी सुस्तरी तिम्रो अंग अंगहरुमा म समर्पित हुदै जान्थे।तिमीले पनि सोहि अनुसार मलाई निरन्तर साथ दिदै जान्थ्यौ।चरमविन्दुको रेखा पार गरि जब म तिम्रो काखमा पल्टन्थे,मलाई थाहा नै हुन्न थियो कतिबेला म निन्द्रको देवीको प्यारो भई सकेको हुन्थे।बस,त्यसबेला मलाई लाग्थ्यो कि यस धर्तिमा म भन्दा खुशि कोही पनि छैन होला जस्तो।तर यहाँ ८४ व्यन्जन भएको खाना खाँदा पनि निन्द्रदेखि सधै टाडा।अनायसै सपनीहरुले पनि तर्साइदिन्छ।कार्य बोझले खग्रास मेरो शरिर अनि अनिँदोले थकित मेरा आँखा निन्द्रबाट सधै टाडा।यसले गर्दा त्यसै त्यसै मेरो स्वास्थ्य खराब भएर गई रहेको छ।सायद म मात्र नभएर यहाँ वाध्यताको परिधिभित्र परेका कयौं नेपालीहरुलाई यहि व्यथाले सताई रहेको होला।वास्तबमा हामी नेपालीहरु वाध्यताको भुमरीमा परि आज बिदेशको यो तातो मरुभुमिमा आफ्नो दश नंग्रा खियाउनु वाध्य भएका छौ।हुन त,यति परिश्रम गर्दा हामी आफ्नै आँगनमा पनि रम्न सक्छौ।तर के गर्ने,त्यहाँको राजनैतिक स्थिति,नेता भनाउँदोहरु,नाताबाद,कृपाबाद,भ्रष्टचार आदिले टिक्न नै गान्ह्रो।आफुले कमाएको पैसा पनि अप्रत्यक्ष रुपमा सरकार खुद लुट्ने गर्दछ।त्यसैले कल्पना,त्यहाँ पनि बाँच्न बहुतै मुश्किल छ।तर यो बिश्वास गर कि म चाडै फर्कन्छु स्वदेशतिर।आफ्नै देशमा पसिना खसालेर आफ्नो मातृभूमिलाई उर्वरा बनाउनेछु।म संघर्ष गर्छु त्यहाँको त्यो परम्परासंग ताकि जुनले गर्दा कयौं नेपालीहरु बिदेशीनु वाध्य हुनको साथै आफुलाई अन्धकारतिर डोर्याउन बाध्य भएका छन्।मलाई पुर्ण बिश्वास छ कि मेरो संघर्षशील हर पाइला पाइलाहरुमा तिम्रो साथ हुनेछ अनि दिने छौ भन्ने।तेहि बेला साथ साथ हिडौला,संघर्ष गरौला परिवर्तनको लागि,जुन कुराले हाम्रो आउँदो पिडीहरुले हामीले भोग्नु परेको जस्तो जीवन भोग्नु नपरोस्।
ल अब भन,माले र झुले कस्तो भयो?सायद धेरै परिवर्तन भईसक्यो होला,हगी?मलाई उनिहरुको यादले धेरै नै सताई रहन्छ।राम्ररी हेरविचार गर्नु।तिनीहरु नै हुन् हाम्रो जिवनयात्राको एक भाग,जसले हरक्षण,हरपल हाम्रो जिवनयात्रालाई अघि बढाउँनुमा सहयोग गरिरहेको छ।हेर त,मेरो विगत त्यहाँ थियो,जहाँ तिमीहरुको साथमा तिम्रो अबिरल मायाले भरिभराउ अंगालोमा खुशीका लहरहरुसंग जगमगाउथ्ये।तर मेरो वर्तमान यहाँ,जहाँ तिमीहरुको बिछोडको पिडा बोकी कृतिम हाँसोमा आफ्नो दु:ख,वेदनालाई व्यक्त गरिरहेको छु।हेरौ,भविष्यले कुन मोड लिने हो..........???तर जे भए पनि,तिम्रो मायाको भेललाई प्रेरणाको स्रोत ठानेर आज यहाँ म आउँदो हर्षोउल्लासको मिलनलाई कल्पना गर्दै मेरो परदेशि जीवनयात्रालाई खुड्किला चडाउँदैछु।एक अर्कासंग धेरै टाडा भएपनि तिम्रो माया झन सामिप्य भएको पाउँदा अति हर्सित छु।मलाई थाहा छैन यदि तिम्रो साथ अनि तिम्रो माया मेरो जिवनबाट अदृश्य भयो भने मेरो आउँदो दिनहरुको यात्रा कस्तो हुन्छ भनेर???हवस् त कल्पना,यो छातीमा फुटेको वेदनालाई जति उन्यो तेति नै लम्बिएर जान्छ,जसको अन्त्य नै हुन गाह्रो हुन्छ।तर पनि म जबरजस्ती मेरो यस कलमी रफ्तारलाई यहि रोक्न प्रयत्न गरिरहेको छु।
अन्त्यमा,गाउँघरका सबैलाई साईनो अनुसार मेरो सेवाढोग,नमस्कार,माया र सम्झाना सुनाई दिनु।पर्ख,मेरो यो कलम यहि रोकिन गए पनि दिन प्रतिदिन तिम्रो र मेरो मिलनका अन्तराल दिनहरुको मृत्यु भई नजिकिन्दै आईरहेको छ।वस धैर्य गर,मिलनको हरियाली कोशेलि बोकेर तिम्रो अंगालोमा बाँधिने दिन अब धेरै छैन।अनि विछोडको वेदना सहने दिन अब धेरै छैन।तिमीसंगको मिलनको रमाईलो क्षणहरु दोहोर्याउन म चाडै हावा बनेर आउँने बिश्वास दिलाउँदै दौडीरहेको मेरो कलमको रफ्तारलाई यहि रोक्न चाहान्छु।यदि मेरो शब्दहरुले तिम्रो हृदयलाई केहि असजिलो महशुस गराएमा एउटा अज्ञानी जिवन साथीको हैसियतले क्षमा प्रार्थी छु।बस,मेरो कलमको गतिलाई यहि ईतिश्री गर्दछु।
उहि तिम्रो परदेशी स्वामि,
बादल,यु.ए.ई.
Thursday, August 27, 2009
मेरी अर्धंगिनीलाई पत्र.....................
Subscribe to:
Posts (Atom)