आश्चर्यचकित छु तिनीहरुको त्यो कालो पहिरहन देखेर अनि उत्साहित पनि छु कि त्यस भित्रको रहस्य जान्नलाई।समयले आफ्नो गतिलाई यति तिव्रताको साथ अघि बडाइरहेको छ कि संसारमा बिकासले आफ्नो चरमविन्दु पार गरिसकेको छ।मानिसहरु ब्रहमाण्डमा समेत उन्मुक्त विचरण गरि सफलताको शिखरमा पुगिसकेको छ।अनि पुर्णरुपमा प्रकृतिमाथि विजय प्राप्त गर्न अग्रसर भइरहेको छ।तर तिनिहरु भने उहि बादलरुपि कालो घुम्टो ओडि आफुलाई डोहोरयाई रहेको छन,किन होला?म आश्चर्यचकित छ !!!
वास्तबमा,कालो रंगले बिभिन्न अर्थहरुलाई संकेत गराउछ।सांकेतिक रुपमा कालो रंगलाई बिरोध,अन्धकार,अज्ञानता,समस्या,दु:ख इत्यादि रुपमा लिइन्छ।तर तिनिहरुको त्यो कालो पोसाकले ति मध्ये कुन कुराको संकेत दिएको हो?बिरोध भनौ त पुर्ण स्वतन्त्रता पाएको छन,अज्ञानता भनौ त चौतर्फी शिक्षाको ज्योति फैलिएको छ,समस्या या गरिबी भनौ त सम्पन्नताको मोज लुटिरहेको छन,दु:ख भनौ त सुखको चरमसिमा नाघेर जिवनयापन गरिरहेको छन।हुन त मलाइ तिनिहरुको परम्परा,रितीरिवाज,संस्कार आदि बारे ज्ञान चाहि अवश्य पनि छैन।तर पनि मनमा अनायसै उत्सुकता जागरण भएर आउँछ,जब उनिहरु शरिरको कुनै पनि भाग नदेखाइ कालो पोसाकले ढाकेर हिडेको देख्छु।जब उनिहरु मेरो सामु आइ उभिन्छन,मलाई लाग्छ कि एउटा निर्जीव वस्तु मेरो सामु उभिएको छ।जब उनिहरु मसंग कुराकानी गर्छन,मलाई लाग्छ कि उनिहरुले मलाइ जिस्काइरहेको छन।म अनायसै उत्साहित भई मेरो सामु प्रश्नवाचक चिन्हहरु देखा पर्छन।त्यो कालो घुम्टो भित्र के होला?किन यसरी वाह्य संसारबाट आफुलाइ लुकाएर राखेकी होलिन?ईत्यादि ईत्यादि प्रश्नहरुको भेल मेरो मनमा चल्न थाल्छन........।म त्यो "कालो पहिरहन" बारे जान्न चाहान्छु अनि त्यसभित्रको अंगप्रत्यंग र वाध्यता बारे बुझ्न चाहान्छु............।तर म अझै बिना ज्ञान रहस्यमा नै अल्झिरहेको छु.............कालो पहिरहन??? कालो पहिरहन???
Saturday, May 30, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment