जानी जानी तिमीसंग माया लाऊँ कसरी ?
तिम्रो नाऊँमा फेरी एउटा कसम खाऊँ कसरी ?
त्यो संजोग थियो,तिमीसंग भेट हुन
मेरो शब्दहरुले तिमीलाई नै छुन
तर मलाई एक्लो छाडी गइदियौं कसरी ?
तिम्रो नाऊँमा फेरी एउटा कसम खाँऊ कसरी ?
त्यो एउटा भुल थियो तिमीलाई स्वीकार्नु
मेरो ढुकढुकीहरुले तिमीलाई नै पुकार्नु
तर निष्ठुरी भई गईदियौं कसरी ?
तिम्रो नाऊँमा फेरी एउटा कसम खाऊँ कसरी?
जानी जानी तिमीसंग माया लाऊँ कसरी ?
तिम्रो नाऊँमा फेरी एउटा कसम खाऊँ कसरी ?
Sunday, November 7, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment